मानव र पशुपन्छी अधिकार सुनिश्चित गर्न

“शाकाहारी समाजको निर्माण गरौं”
“बाँच्नु र बचाउनु सबैको अधिकार हो । मार्नु र मारेर खानु कसैको अधिकार छैन, मारेर खानु हेपाहा प्रवृत्ति मात्र हो ।” सबै धर्मको सार अहिंसा परमो धर्म हो ।

१. के कति कारणले मासु खान ठिक छैन त ?
क) स्वास्थ्यको कारण
आधुनिक फिड तथा फर्महरूले बढी र छिटो मासु उत्पादन गर्न आर्सानिक, जिन, क्याल्सियम, एन्टिबायोटिक जस्ता तत्वहरू प्रयोग गरेर ४० देखि ४५ दिनमा तीन देखि पाँच किलो ब्रोइलर कुखुराको मासु उत्पादन गर्दछ । त्यस्ता रासायनिकयुक्त मासु खाएर हामी स्वस्थ र तन्दुरुस्त हुन्छ भन्नु एउटा दिवास्वप्न मात्र हो । मासुमा पाइने उच्च कोलेस्ट्रोलका कारण हाम्रो रगत बग्ने नसा(धमनी)मा पाप्रा जम्दछ । फलस्वरूप उच्च रक्त चाप, हृदयाघात जस्ता मुटु रोग उत्पन्न हुन्छ । मासुमा युरिया धेरै पाइने भएकोले किड्नीमा युरिक एसिड जम्मा गरेर पत्थरी र किड्नी फेलसम्म गराउँदछ । मासु हाम्रो शरीरको तन्तुसँग मेल नखाने हुनाले मासु पचाउन कलेजोलाई भारी परिश्रम पर्दछ र हाम्रो कलेजोलाई चाँडै बिगार्ने काम गर्दछ । मासुको कारण अरू पनि विभिन्न प्रकारका रोगहरू जस्तैः कब्जियत, पायल्स, सुगर, युरिक एसिड, देखि लिएर शरीरमा ६० देखि ८० प्रतिशत रोग मासुबाटै लाग्ने वैज्ञानिक पुष्टि भइसकेको छ । त्यसैले विश्वभरका मानिसहरू धमाधम शाकाहारी हुनुका साथै प्राणीहरूप्रति करूणा जागेर पशुहरूलाई पीडा दिएर क्रूर तरिकाबाट गरिने मनोरञ्जन धेरै देशमा सरकारी तवरबाट नै हटाइसकेका छन् । अहिले केही नयाँ अनुसन्धानहरूले के देखाएका छन् भने जो व्यक्ति पहिला शाकाहारी थिए र पछि गएर मांसाहारी बने उनीहरूमा हर्ट
अट्याकको सम्भावना १४६% बढी हुँदोरहेछ । मासुको खपत वृद्धि गर्नाले रोगहरूको दरमा केकस्तो असर पर्दोरहेछ भन्ने बुझ्नको लागि शोधकर्ताहरूले शाकाहार छोडेर मांसाहार÷सर्वाहार गर्न थालेका व्यक्तिहरूमाथि अध्ययन गरे । हप्तामा कम्तिमा एक पटकमासखान थालेका मानिसमा मुटु रोगको सम्भावना १४६ प्रतिशतले मस्तिष्कघातको सम्भावना १५२ प्रतिशतले, मधुमेहको सम्भावना १६६ प्रतिशतले र तौल बढ्ने सम्भावना २३१ प्रतिशतले वृद्धि भएको पाइयो ।
शाकाहारीबाट सर्वाहारी बनेको १२ वर्षको दौरानमा मासुको खपतले औसतमा ३.६ वर्षले मानिसको आयु घटाउने देखियो ।
हार्वर्ड विश्वविद्यालयले सन् २०१२मा गरेका दुई प्रमुख अध्ययनहरू
ज्ञ नर्सहरूको स्वास्थ्य अध्ययन जसमा ३० देखि ५५ वर्षका १,२०,००० जना महिलाहरूको आहार र स्वास्थ्यलाई सन् १९७६ देखि २०१२ सम्म लगातार अवलोकन गरियो ।
द्द स्वास्थ्य पेशेवरहरूको फलोअप अध्ययन, जसमा ४० देखि ७५ वर्ष उमेरका लगभग ५०,००० पुरुषहरूको आहार र स्वास्थ्यलाई अवलोकन गरियो ।
यी दुई प्रमुख अध्ययनले प्रशोधित र अप्रशोधित रातो मासु (दुवै)को उपभोगले क्यान्सर र हृदय रोगबाट मर्ने जोखिमका साथै समग्र आयु पनि घटाउँछ भन्ने निष्कर्ष निकालेका छन् । मासु खाने व्यक्तिको उमेर, तौल, रक्सीको खपत, व्यायाम,
धुम्रपान, पारिवारिक इतिहास, क्यालोरी सेवन, र अन्न, फलफूल तथा तरकारीहरूको सेवन आदिलाई ध्यानमा राखेर नतिजा निकाल्दा पनि मासुले समग्र आयु घटाउने नै पाइयो । तसर्थ मासु आफैमा नै केही हानिकारक हुनसक्ने देखाएको छ । ल्बतष्यलब िक्ष्लकतष्तगतभक या ज्भबतिज र अमेरिकी सेवानिवृत्त व्यक्तिहरूको संस्थाद्वारा सह–प्रायोजित आहार र स्वास्थ्यसम्बन्धी हालसम्मको सबैभन्दा ठूलो एक दशक लामो अध्ययनमा शोधकर्ताहरूले ५० देखि ७१ वर्ष उमेरका लगभग ५,४५,००० पुरुष र महिलाहरूमाथि अध्ययन गरेर हार्वर्ड विश्वविद्यालयजस्तै नै निष्कर्षमा पुगे । औसतमा मासुको खपतले क्यान्सर र हृदय रोगबाट मृत्यु हुने र अकाल÷आयु नपुगी मृत्यु हुने जोखिम बढाउने पाइयो । हार्वर्डको निष्कर्षमा झैँ मासु खाने व्यक्तिका अन्य आहार र जीवनशैली आदि समेतलाई ध्यानमा राखेर नै सो निष्कर्ष निकालिएको हो ।
मासुको खपतले अल्जाइमर रोगको सम्भाव्यतामा पनि असर पार्नसक्छ । जापानमा विगत केही दशकहरूमा अल्जाइमर (बिर्सने रोग) को प्रकोप बढेको छ । परम्परागत भात र तरकारीमा आधारित आहारको ठाउँमा दूग्ध पदार्थको खपत तीन गुणा र मासुको खपत ६ गुणा बढ्नुलाई नै पनि जापानमा अल्जाइमर बढ्नुको कारण मानिन्छ । अधिकतम शाकाहारी मानिसहरूको बसोबास भएका ग्रामीण भारतीय क्षेत्रहरूमा अल्जाइमरको प्रकोप (विश्वकै) सबैभन्दा कम पाइन्छ । अमेरिकामा मासु नखानेहरूमा डिमेन्सिया (सोच्ने, सम्झिने र तर्क गर्ने क्षमतामा तीव्र ह्रास आउने रोग)को जोखिमआधा घट्ने पाइएको छ र जति समय मासु नखाई बसिन्छ त्यति नै डिमेन्सियाको जोखिम घटेको देखिन्छ ।
विश्व स्वास्थ्य सङ्गठन (ध्ज्इ) ले परिष्कृत वा परिमार्जन मासुले क्यान्सर हुने बताएको छ । सो सङ्गठनका अनुसार दैनिक ५० ग्राम परिमार्जित मासुले १८ प्रतिशत क्यान्सरको सम्भावना रहने जनाएको छ ।
बेलायतमा हरेक सय जनामध्ये ६ जनामा आन्द्राको क्यान्सर हुने गर्छ । इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरले तय गरेका प्राप्त वैज्ञानिक प्रमाणका आधारमा (ध्ज्इ) ले सो निष्कर्ष निकालेको हो । जति धेरै मासु उपभोग गरिन्छ त्यति नै क्यान्सरको खतरा बढी हुने बताएका छन् । हरेक वर्ष धूम्रपानबाट दश लाख अनि मद्यपानबाट हुने क्यान्सरबाट ६ लाख मानिसको मृत्यु हुने गरेको समेत जनाइएका छन् । (साभारः राजधानी दैनिक, कार्तिक १५, २०७१)
ख) वातावरणको कारण
विश्वमा मांसाहारीको लागि अत्यधिक पशुपालन गरिन्छ । पशुपालनकै कारण अत्यधिक मात्रामा कार्बन डाइअक्साइड, नाइट्रसअक्साइड र मिथेन ग्यास उत्पादन भइरहेको छ । पृथ्वीको तापक्रम बढेर ग्लोबल वार्मिङ भई मौसम र जलवायु परिवर्तन हुँदै गइरहेको छ । यदि अब पनि मानिसले मासुकै लागि पशुपालन गरिरहने र मासु खाइरहने हो भने अबको सय वर्षभित्रमा यस पृथ्वीमा वनस्पति र मानव जगत् नरहने कुरा वैज्ञानिकहरूले भविष्यवाणी गरिसकेका छन् ।
मासु खानको लागि अत्यधिक मात्रामा पशुपालन गरिने हुनाले पशुपालनको कारण ग्लोबल वार्मिङ गर्न ३१ प्रतिशत भूमिका रहेको तथ्याङ्क पाइएको छ । एक किलो मासु उत्पादन गर्दा ३६.४ किलो कार्बन डाइअक्साइड निस्कन्छ । त्यस्तै पशुपन्छीको मलमूत्रबाट मिथेन ग्यास निस्कन्छ जसले कार्बनडाइअक्साइडभन्दा ८४ गुणा बढी जलवायु परिवर्तन गर्दछ । जनावरको हड्डी, छाला र रौँ आदि नष्ट गराउने क्रममा नाइट्रस अक्साइड ग्यास निस्कन्छ जसले कार्बन डाइअक्साइड भन्दा झझन्डै ३०० गुणा बढी ग्लोबल वार्मिङ गर्दछ । त्यस्तै अत्यधिक मात्रामा जङ्गल फडानी, वातावरण दूषित र स्वच्छ पानी खर्च भइरहेको छ ।

ग) आर्थिक र सामाजिक कारण
विकसित देशहरूले ७० प्रतिशतभन्दा बढी अन्न मासु उत्पादन गर्न खर्च गर्दछन् । सोया प्रोटिन एन्ड फर्मेनटेड एन्ड मिट प्रडक्ट नामक पुस्तकअनुसार एक किलो गाईको मासु उत्पादन गर्न सात किलो, एक किलो बङ्गुरको मासु उत्पादन गर्न चार किलो, एक किलो कुखुराको मासु उत्पादन गर्न साढे दुई किलो र एक किलो माछा उत्पादन गर्न डेढ किलो अन्न खर्च हुन्छ । त्यसैले संयुक्त राष्ट्र सङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रतिवर्ष ७६ लाख मानिसहरू भोकमरी र त्योसँग सम्बन्धित कारणबाट मर्ने गर्दछ ।
जनावर होस् वा मानिस डरत्रास र रीस उठ्दा दिमागबाट एक प्रकारको विष उत्पन्न हुन्छ जसले गर्दा अनुहार रातो र कालो हुन्छ । त्यस्तै मासु खान जनावर काट्दा त्यो जनावरको शरीरबाट निस्कने डर, त्रास र चित्कारबाट एक प्रकारको रसायन (विष) उत्पन्न भई मासुमा मिल्दछ र उक्त रसायनयुक्त मासु खानाले मानिसमा रीस, अहङ्कार, घमण्ड, असन्तुष्टि, तनाव, नकारात्मक सोच उत्तेजना आदि उत्पन्न भई परिवार र समाजमा झैँझगडा, अशान्ति, कलह, हत्या हिंसा र बलात्कारजस्ता जघन्य अपराध हुने गर्दछ ।

घ) प्राकृतिक कारण
जन्मजात मानिस शारीरिक बनावटले नै शाकाहारी प्राणी हुन् । यदि हतियार प्रयोग नगर्ने हो भने कुनै पनि पशुपन्छी मारेर खान सक्ने क्षमता मानिसमा छैन । मासु नै खाने हो भने मांसाहारीको जस्तै जन्मजात लक्षणहरू लिएर आउनुपर्दछ ।
क. मांसाहारीले नङ्ग्रा र दाह्राको भरमा जनावर मारेर खानसक्छ, शाकाहारीले सक्दैन ।
ख. मांसाकारीले सिकार खेल्नुपर्ने भएकोले राती आँखा देख्छ, शाकाहारीले देख्दैन ।
ग. मांसाहारीको कम पसिना र पिसाब आउँछ, शाकाहारीको धेरै पसिना आउने र धेरै पिसाब आउँछ ।
घ. मांसाहारीले चाटेर पानी कम पिए पुग्छ । शाकाहारीले घटघट धेरै पानी पिउनुपर्छ ।
ङ. मासु चाँडै कुहिने भएर चाँडै फाल्नुपर्ने भएर मांसाहारीको आन्द्रा छोटो हुन्छ, शाकाहारीको साग सब्जी र अन्न पच्न लामो समय लाग्ने भएर आन्द्रा लामो हुन्छ ।
च. मांसाहारीले अरूको पीडा नदेख्ने भएकोले जन्मेको हप्ता दिनपछि मात्र आँखा खुल्छ, शाकाहारीले अरूको पीडा देख्ने भएकोले जन्मनासाथ आँखा खुलेको हुन्छ ।
ङ) धार्मिक कारण
क. बौद्ध धर्मानुसार ः बुद्धले सम्पूर्ण प्राणीहरू हाम्रो अघिल्लो जीवनहरूमा असङख्य पटक आमा भएर अहिलेको आमाले झैँ करूणा र कृपा गरेका हुन्छन् । मासु खानु भनेको हाम्रो अघिल्लो जीवनको आमाको मासु खाएकै हुन् र उनीहरूको हत्या गर्न साथ दिएको हुनाले ठूलो पाप लाग्दछ र लामो समय नर्क गएर प्रत्येक जनावर खाएको फल पाँच सयपटक मान्छे र जनावरको जुनीमा अकालमा मृत्यु हुनुपर्छ । जस्तो बिउ रोप्यो त्यस्तै फल फलेझैँ कुनै पनि बिउ, जस्तैः एक दाना कोदो, मकै वा धानबाट सयौँ दाना फलेकोबाट पनि प्रमाणित हुन्छ । बौद्ध धर्मावलम्बीहरूले मरेको बखत मासु खाए पाप लाग्छ भनेर मासु खाँदैनन् । के अन्य विवाह, जन्मोत्सव आदिमा मासु खाँदा पाप नलाग्ने हो र ?
ख. हिन्दु धर्मानुसार ः गीतामा श्रीकृष्ण भन्नु हुन्छ– तामसी व्यक्तिहरूले अधर्म गरेर धर्म गरेको भन्छन् । धर्म भनेको दया, करूणा, परउपकार, सेवा र अहिंसा नै हो । धर्म नबुझ्ने मनुष्यहरूले अधर्म, हत्या तथा पाप गरेर धर्म गरेको सम्झन्छन्, यो सरासर गलत हो । सम्पूर्ण धर्मशास्त्रहरूमा अहिंसालाई परमो धर्म मानिएको छ । कुनै पनि देवी देवताहरूले खून पिउँदैनन्, उनीहरूले त दूध, दही, घ्यु, फलफूल इत्यादि मात्र ग्रहण गर्छन् ।
मनुस्मृतिमा भनिएको छ– कसैकसैले भन्दछन् कि अर्काले मारेको मासु खाँदा पाप लाग्दैन भन्नु गलत हो । क्रमशः आठ जनालाई पाप लाग्छ – १. मार्ने, २. मार्नलाई सल्लाह दिने, ३. काटकुट गरी भाग लगाउने, ४. बेच्ने, ५. पकाउने, ६. किन्ने, ७. पस्केर ल्याउने र ८. खाने । महाभारतमा भन्छन् – मासुको उत्पत्ति र प्राणीहरूको वध मरण देखेर दयालुहरू मासु खान छोड्दछन् ।
ग. ईसाई तथा यहुदीहरू सुरुमा शाकाहारी थिए । उक्त कुरा बाइबलमा उद्धृत गरिएको छ– “अनि प्रभुले भन्नुभयो, मैले तिमीहरूलाई सबै प्रकारका अन्न र फलफूलहरू जुटाइदिएको छु, तर जङ्गली जनावर र पंक्षीहरूका आहारको लागि मैले घाँसपात र बोटबिरुवाहरू जुटाइदिएको छु ।” (जेनिसिस १ः२९) “तिमीले रगत मासु खानु हुँदैन किनभने रगतमा नै जीवन हुन्छ ।”(जेनिसिस १ः२९)
०००