२७ फागुन, सिरहा । सिरहाको औरही गाउँपालिका—५ स्थित एक पोखरीमा बुधबार एक महिलाको शव फेला परेको छ ।

स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा पुगी पोखरीबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।