नेपालको शान, पहिचान र स्वाभिमानको प्रतीक बन्न सफल 'सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग' (SBL NPL) सिजन ३ को भव्य तथा औपचारिक शुभारम्भ भएको छ।

नेपाली क्रिकेट यो ऐतिहासिक क्षण र उद्घाटन समारोहमा आफ्नो गरिमामय उपस्थिति जनाएर शोभा बढाइदिनुहुने सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलज्यू लगायत सम्पूर्ण आदरणीय अतिथिगणहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। राज्यको यो अभिभावकत्व र विश्वासले हामीमा नयाँ ऊर्जा र उत्साह थपेको छ।

नेपाली क्रिकेटलाई यो उचाइसम्म पुर्‍याउन नेपाल क्रिकेट संघ (CAN) का पदाधिकारी तथा सदस्यज्युहरु, सम्पूर्ण फ्रेन्चाइज टोलीहरू, प्रायोजकहरू तथा व्यवस्थापनमा जुट्नुहुने सम्पूर्ण टिमलाई हृदयदेखि नै धेरै-धेरै धन्यवाद! तपाईँहरूको निस्वार्थ समर्पणकै परिणाम स्वरूप आज यो उत्सव सम्भव भएको हो।

सम्पूर्ण नेपाली जनताले अपनत्व लिनुभएको यस उत्सव तथा अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो पहिचान र स्वाभिमानको प्रतीक बनेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सहभागी सम्पूर्ण टिमलाई सफलताको हार्दिक शुभकामना!

Cricket Association of Nepal-CAN
Nepal Premier League

#SBLNPL #NepalCricket