प्राकृतिक तबरले अंकन नभएका सिमानाहरूमा सामान्यतया सकिने गरी स्तम्भ स्मारक, आकाशदीप ढुङ्गाको थुप्रो तथा चिह्नहरु स्थापना गरिन्छन । यसका साथै प्राकृक्तिक तरिकाले सीमांकन भइरहेका पहाडी पानीढलो । श्रृंखला, नदी तथा पानीको भाग देखाउन पनि मुख्य सीमाविन्दु सन्दर्भविन्दका रूपमा स्तम्भ तथा चिन्हहरू अंकन गरिन्छन। यस्ता सीमास्तम्भा देशको सीमा रक्षकको रूपमा काम गरेको हुन्छ ।
सीमा सर्भेक्षणको दौरानमा सीमारेखा सीधागर्ने गरी सीमास्तम्भहरू निमार्ण गरिन्छन् । यस्ता दर्द सीमास्तम्भहरू बीच बन्ने दृश्य रेखालाई नै वास्तवमा दुई देशबीचको सीमारेखाको रूपमा स्थापित गरिएको हुन्छ । दुईवटा स्तम्भहरूको फासला सामान्यतयाः एकदेखि दुई किलोमिटरको दुरीमा रहेको हन्छ तापनि घुमाउरो परेको सीमारेखामा आवश्यकताअनुसार अरू बढी संख्यामा स्तम्भहरू ठड्याइन्छनयसरी विभिन्न आकार, प्रकार र आयतनमा बनाइएका सीमास्तम्भहरूले भू-भागको रक्षा गरिरहेका हुन्छन् । प्रत्येक सीमास्तम्भ घाम पानी, हावा हुरी सहेर राष्ट्र रक्षकका रूपमा अडिग भएर हर्दम खडा रहेका हुन्छन् । यस्ता राष्ट्र रक्षक सीमास्तम्भलाई हामीले आफ्‌नो भूमिका जोगाहट र सुरक्षाको निमित्त मर्मत, सम्भार, लिपपोत गरेर टाढैबाट देखिने गरी सदैव ठड्‌याइराख्नु पर्छ । वास्तवमा सीमाखम्बा अथवा जगेखम्वा निस्प्राण वस्तु भए तापनि सीमा सरक्षणका लागि ज्यूदो जाग्दी पहरेदारको रूपमा रहेको हुन्छ। यसले देशको अस्तित्व जोगाई राखेको हुन्छ । जंगेखम्बाहरू ढल्दै अथवा डालिदै गए मुलुकको सिमाना संकुचनमा पर्छ । क्षेत्रफल घट्दै जान्छ र जनसंख्या पातलो हुँदै जान्छ । अन्ततोगत्वा देश कमजोर अवस्थामा पुग्छ। यसैले जंगेखम्बाको सुरक्षा गर्नु भनेको देशकै रक्षा गर्नु हो । सचेत नागरिकले यस्ता सीमाखम्बाको जहिल्यै पनि सुरक्षा गर्नुपर्छ। जगेखम्बा कोतरिए हाम्री शरिरमा चोट लागेको सम्झनुपर्छ । खम्बा ढालिए हामी अस्पतालको बेडमा सुत्नु परेझै मान्नुपर्छ । जंगेखम्बा लोप गरिए हाम्रो मृत्यु भएकै ठान्नुपर्छ । एक पाटामा एउटा देशको नाम कुदिएका हुन्छ भनेसी अर्को पाटामा देशको नाम अंकन गरिएको हन्छ । त्यसैले जंगे खम्बा देशको सम्पति हो। यस्ता प्रत्येक सीमाखम्बाले दवै देशको प्रतिनिधि हरणका निम्ति एउटा खम्बाको एक पाटामा नेपाल भन्ने शब्दको यसैको अर्को पाटामा भारत या चीन लेखिएको हुन्छ । प्रत्येक सीमाखम्बामा वार नम्बर लेखिएको हुन्छ जुनचाहि नम्बर १ बाट सुरु गरिन्छ त्यो देशको अलग-अलग नाम लेखिने भए तापनि स्तम्भ नम्बर भने एउटै हुन्छ। त्यस सीमास्तम्भ स्थापना गरिएको मिति पनि स्तम्भमा लेख्ने प्रचलन छ। नेपाल (१७) २०६९ या भारत (१७) २०१२ आदि। स्मरणीय छ कि तीन सीमा एकै ठाउँमा भेटिने स्थलमा गाडिने सीमास्तम्भको नम्वर शून्य (०) अङ्ग। उपमाका लागि नेपाल ताप्लेजुङ जिल्ला, भारतको सिक्किम प्रदेश र चीन बात को लिङ्गके काउन्टीको भूभाग जोडिने झिनसाङको त्रिदेशीय विन्दुमा शून् साको सीमाखम्बा स्थापना गरिनु पर्छ ।
सिमा संग्रहबाट साभार