-लेखक हेन बहादुर मल्ल
न्यु अन्तरयात्रा अनलाइन पत्रिका संचालक

मध्यकालमा कर्णाली क्षेत्रलाई खसिया मल्ल शासकहरूले निकै समृद्ध र शक्तिशाली बनाएका थिए । त्यहाँ विशाल साम्राज्यको निर्माण गरेर धर्म, कला, वास्तुकला र बुद्ध संस्कृतिको विकास गरेका थिए । खस मल्ल राज्यको संस्थापक नागराज जावेश्वरले स्थापना गरेको विशाल राज्यमा क्राचल्ल, जितारी मल्ल, आदित्य मल्ल र पुण्य मल्लजस्ता प्रतापी राजाहरूले आफ्नो सिमाना निकै विस्तृत गरेका थिए। त्यहाँका मल्ल शासकहरू बौद्ध धर्मका अनुयायी भएकाले कर्णाली क्षेत्रमा बौद्ध धर्मको महायान तथा बज्रयान संप्रदाय विकसित भएको पाइन्छ । भारतका हिन्दू सम्राट् हर्षवर्धनको निधन पश्चात् हिन्दू राज्य टुक्रिएर भारतीय हिन्दूहरू नेपाल प्रवेश गरेका थिए । भारतमा मुस्लिम प्रभुत्व जम्न थालेपछि कान्यकुब्जी ब्राह्मणहरू, पाल र राठौर क्षत्रीहरूले खस राज्यमा प्रवेश गरेका थिए । खसिया मल्लहरूले बौद्ध धर्मसँगै हिन्दू धर्मका विभिन्न संप्रदायहरूलाई समान रूपमा विकसित गर्दै लगे । वर्तमान बाहुन क्षत्री मानिने आर्यहरू कर्णाली प्रदेशकै बासिन्दा हुन् । खस राज्यका आर्यहरूले वर्ण विभाजन गरेर जनै लगाउने परम्पराको विकास गरेपछि हिन्दूसंस्कृतिको विकास र प्रचार हुँदै जाँदा त्यस क्षेत्रका बासिन्दाहरू पूर्वतर्फ बसाई सर्दै आएर हिन्दू सभ्यता र संस्कृतिलाई विकसित गर्दै लगेका हुन् । खसिया मल्ल शासकहरूले विभिन्न देवदेवीका विविध शैलीका मन्दिर मठ तथा दरबारको निर्माण गरे । हाल त्यहाँ वास्तुकलाका नमुनाहरू देख्न नसकिए तापनि अभिलेखहरूबाट जानकारी भए अनुसार पुण्य मल्ल र पृथ्वी मल्लको शासन कालमा ठूला ठूला भवनहरूको निर्माण कार्य भएको थियो। अशोक मल्लको समयमा एक विहार बनेको कुरा पुरातात्वविक अनुसन्धानबाट अवगत हुन्छ । कला तथा वास्तुकलाको दृष्टिकोणले मात्र नभइ नेपाली भाषाको उत्पत्र् िखस राजधानी सिँजाबाट भएको मानिन्छ । खस शासकहरूका सनदपत्र र शिलापत्रहरूले आजको नेपाली भाषा खस भाषाबाट विकसित हुँदै आएको बोध गराउँदछ । खस राज्यमा नियम कानुनहरूको तर्जुमा गर्नमा बुद्ध, हिन्दु धर्मका पण्डिताहरूको महत्तवपुर्ण भूमिका रहेको थियो । खस राज्यका शासकहरूले विद्वान वर्गको कदर गर्ने भएकाले उनीहरूको दरबारमा विद्वानहरूको ठूलै भिड लाग्ने गर्दथ्यो । रिपू मल्लले तर यसको दरवारमा कास्मीरी पण्डित निवपूर्ण ग्रन्थ ुअभिसमयालकारु पनि कर्णाली क्षेत्रमै लेखिएको थियो । यस्तै अशोक चल्नको दरबारमा कास्मीरी पण्डित भिक्षु गम्रपथी राजगुरु पण्डित मुशल आदिको प्रमुख स्थान रहेको थियो । विविध साहित्यिक गतिविधिले गदां कणर्णाली क्षेत्रमा साहित्यको विकास भएको थियो । खस राज्यबाट तिब्बत तर्फ जाने विभिन्न मार्गहरू खनेकोले यस राज्यले तिब्बत चीनसँग व्यापार व्यवसाय चलाएर व्यापारिक उन्नति पनि गरेको थियो । भारतबाट कर्णाली क्षेत्रमा कस्तूरी, चमर र उनको प्रशस्त उत्पादन हुने भएकोले यी वस्तुहरूको निर्यात टाढा टाढासम्म हुने गर्दथ्यो । मधेस र भोटका व्यापारीहरूको जमघट खस मल्ल राजाहरूको योगदानका रूपमा सम्राज्यको स्थापना, भाषा तथा साहित्यको विकास, धर्म तथा संस्कृतिको विकास, बौद्धधर्मको विकास, कला तथा वास्तुकलाको विकास तथा आर्थिक प्रशासनिक र समाजिक उन्नतिलाई लिन सकिन्छ। खस मल्ल राजाहरूले खस पर्वतीय, नेपाली र साहित्यको विकासदेखि लिएर वर्तमान नेपाली नेपालको भाषिक एकता गराउने, पहाडी सैन्य संगठन गराउने, नेपाली सस्कृतिको सम्बद्र्धन गराउने, नेपाललाई हिन्दू राष्ट्रको रूपमा उभ्याउने, धार्मिक सहिष्णुताको पाठ सिकाउने र सांस्कृतिक सम्मिश्रणबाट खराब कुराहरू हटाएर असल कुराहरू ग्रहण गर्ने आदि कुराहरू सिकाएको हुनाले आधुनिक नेपाल खस संस्कृतिको ऋणी छ । वर्तमान समयमा आएर पनि नेपाली सभ्यतालाई पहाडी खस सभ्यता नै मानिएको छ। यसरी नेपालको मध्यकालीन इतिहासमा कणर्णाली प्रदेशका खसिया मल्ल राज्य एवं बस शासकहरूको महत्त्वपूर्ण स्थान रहेको छ। वास्तवमा संस्कृत भाषाको “ठक्कर” शब्द अपभ्रंश भएर नेपाली भाषामा आइपुग्दा “ठकुरी” हुन गएको हो भनिन्छ ।