२०२८ साल(सन १९७१) मा सिन्धुपाल्चोक मा जन्मनु भएको गेशे लोब्साङ दावा ले शिक्षा दिक्षा
काठमाडौ स्थित बौद्ध महाचैत्य नजिक रहेको महेन्द्र विद्यालयमा केहि वर्ष को अध्ययन पछी सन्१९७७
मा भारतको मानुसी स्थित ऋ।क्त् क्अजयय िमा प्राथमिक तथा आधुनिक शिक्षाको अध्ययन गर्नु भई
बौद्ध धर्म परम्परा अनुसार उहाँ प्रर्वजित हुनुभयो ।

सन् १९८३ देखि सन् १९९७ सम्म भारतको हिमाचल प्रदेश स्थित धर्मशालामा बौद्ध भाषा विज्ञान संस्थान मा परम्परा, भाषा, आधुनिक शिक्षा र
विशेष गरी पाँच बौद्ध महाशास्त्र बौद्ध सुत्र तन्त्र बारे पूर्ण रुपले विद्या हासिल गर्नु भई शैक्षिक प्रमाण
पत्र प्राप्त गर्नु भयो त्यसपछि दक्षिण भारत को डेपुङ लोसेन्लिङ विश्वविद्यालय मा बौद्ध शास्त्र
अभिर्धमको विनय र सुत्र सम्बन्धी अध्यन गरी सन २००२ मा गेशे छोक्राम्पा को उपाधि हासिल
गर्नुभएको लोब्साङ १९८३ देखि अहिलेसम्म कृपावान परम पुजनिय मुल धर्मगुरु दलाई लामा ज्यू
लगायत यसै बौद्ध परम्परा का धर्म गुरु हरु द्धारा सम्पूर्ण बौद्ध शास्त्र का आगम व्यारुपा उपदेश
अभिशेक तथा शिक्षा दिक्षा पूर्ण रुपले लिनु भई अहिले बौद्ध धर्म भित्र भएको श्रवाकयान, महायान,
वज्रयान, लगायत ञिङमा, काग्यु, शाक्य र ग्येलुक परम्पराको सम्प्रदाय को खासगरी ध्यान साधनाको
विशेषज्ञ हुनु हुन्छ, उहाँ ले बुद्ध शासन तथा प्राणी हरुको हितको लागि गर्नु भएको योगदान विभिन्न
बुद्ध धर्म सम्बन्धी शैक्षिक संघ संस्था स्थापना देखि अनगन्ती मानविय सेवा को काम गर्नु भएको
उदाहरण छन अहिले नेपाल बौद्ध धर्म परिचय समाजमा कार्यरत रही बुद्ध धर्म सम्बन्धीत धर्म कृतीका
पुस्तक रचना गरी लेखक छपाई तथा वितरण गर्दै समाज लाई शिक्षामा जागृत गराउँदै पूर्ण शान्ती
सहिष्णुताको कामलाई अगाडी बाढाउँदै आउनु भएको थुप्प्रै उदाहरण छन्।