नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपियाँ वृद्धि गरेको हो । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपियाँ र तेस्रो वर्गमा १८७ रुपियाँ तथा डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपियाँ र तेस्रो वर्गमा १६७ रुपियाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपियाँ पर्ने भएको छ ।