बौद्धधर्म को विशेषता मानवको सोच विचारमा परिर्वतन गराई सुख शान्ती सिद्ध गर्नु र दुखलाई हटाउने एक उपाय हो। कसरी हो भन्दा बौद्ध धर्म द्वारा मानवको कुविचारहरु परिर्वतन गराएर राम्रो सोचविचारमा रुपान्तरण गरिन्छ । त्यो असल विचारको उन्नती मार्फत तथा बचनका नराम्रो व्यवहार पनि राम्रो बन्ने सम्भावना भएकोले सोच विचारको अभ्यास र मानसिक रुपमा व्यवहारलाई असल बनाउने महत्वपुर्ण शिक्षा हो। यस्ता शिक्षा बाट प्राप्त गुणहरुका व्याख्या जति राम्रो सोच विचार राम्रो हुन्छ त्यति नैई हाम्रो मनमा सुख शान्ति बढि हुन्छ। यसबाट शाररिक रोग पनि कम हुन्छ । शरिरका पंचतत्वको सन्तुलन सम्मान अवस्थामा रहने भएको ले स्फुर्तीका साथ शारिरिक र सुख प्राप्त हुनेछ यस्ता असल शिक्षा जनसमुदायमा व्यापक रुपमा सकारात्मक सोचविचार र बानी व्यवहारलाई असल दिशातिर अनमुख गराई सुख शान्ती र असल समाज र्निमाण गर्न सक्ने अचुक उपाय हुने थियो त्यस कारणले बौद्ध धर्म भनेको निजी र सार्वजनिक जिवनलाई फाईदा हुने सकारात्मक सोचको विकास कसरी गर्ने भन्ने विषयमा मह्वपुर्ण शिक्षा ग्रहण गर्नु र स्वार्थको भावना त्यागी जनसमुदायको हितको लागि सेवा गर्न सिकाउने एक सम्पन्न ग्रन्थ पनि हो। विशेष गरी बौद्ध ग्रन्थमा प्रत्येक समुदायको सिद्धान्त र अहिंसाको आचरण विषयमा विस्तार पुर्बक भगवान बुद्धले बताउनु भएको वास्तबिक रुपमा यस संसारमा सत्व भोजन दुबै एक अत्यन्तै लाभदायिक शिक्षा पनि हो यसका साथै यदी पुर्वजन्म कर्महेतु मोक्ष तथा सर्वज्ञ आदी स्वीकार्य व्यति हो भने बौद्ध धर्मले त्यस्ता व्यतिहरुलाई त्यो भन्दा ठुलो लाभबाट आगम प्रमाण अनुभुति तथा उदारणहरु द्वारा जान्न सकिन्छ ।

यस विषयमा संक्षितमा प्रमाण तथा कारण बताउने हो भने मैले बौद्ध धर्मलाई मनन् गर्नु पर्दछ किनकी म सुख चाहन्छु र दुख चाहन्न सुख चाहन्नु सुख सिद्धी गर्न दुखलाई त्याग्न केवल सद्धर्म मात्र सक्षम रहेको हुन्छ । यस कारण सबै दुखहरु क्षय भएर गएमा पर्म सुख प्राप्त गर्दछ। यसरी दुख लाई अन्त्य गर्न सबै भन्दा पहिला दुखको जड आत्माग्रह र आफुलाई बढि महत्व दिने विचारलाई त्याग्नु पर्दछ । आत्मग्रह त्याग्नलाई अन्त्यमा सुन्यता बोध र प्रज्ञापन हुनुपर्दछ र आफुलाई प्रिय ठान्ने संकुचित विचार त्याग्न आफुभन्दा अरुलाई महत्व दिने बोधीचित आवश्यक पर्ने भएकोले ति दुई केवल बौद्धधर्ममा मात्रा वर्णन गरिएको पाईन्छ यति मात्रा नभई अरु पनि अनेक कारणहरु बताउने गरिन्छ ।

गेशे लोसाङ दावा
(हिमाली बौद्ध धर्म निरपेक्ष प्रवचक)